इटालियन फुल ब्याक माथी म्यान्चेस्टर युनाइटेडको नजर

एजेन्सी, इटालियन क्लब नापोलीका इटालियन फुल ब्याक जियोभानी डि लोरेन्जो माथी म्यान्चेस्टर युनाइटेडको नजर परेको छ। लोरेन्जोको मूल्य करिब २० मिलियन युरो रहेको आंकलन गरिएको छ।

म्यान्चेस्टर युनाइटेड स्पेनीश क्लब अट्लेटिको मड्रिडका फुल ब्याक केइरन ट्रिपियर भित्र्याउन इच्छुक भनिएता पनि ट्रिपियरको उच्च मुल्यका कारण युनाइटेडको नजर लोरेन्जो माथी परेको देखिन्छ। लोरेन्जोले हाल युरो २०२० अन्तर्गत आफ्नो राष्ट्रिय टोलिका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
२७ वर्षका इटालियन फुल ब्याक लोरेन्जो २०१९ मा करिब ८ मिलियन युरोमा नापोलीमा अनुबन्ध भएका थिए। उनले नापोलीका लागि ९५ खेल खेलेका छन् जस्मा उनले ७ गोल गर्न पनि सफल भएका छन्। आफ्नो राष्ट्रिय टोलिका लागि पनि उनले १२ खेल खेलेका छन्।