“इटालियन फुटबलमा रोनाल्डोको भन्दा इब्राहिमोभिचको प्रभाव ठुलो छ”

इटालियन फुटबलमा इब्राहिमोभिचको प्रभाव रोनाल्डोको भन्दा ठुलो रहेको भनेर पुर्व एसी मिलान र युभेन्टस कोच अल्बर्टो ज्याकेरोनिले बताएका छन्।

जनवरीमा मिलान पुन: सामिल भए देखि ३९ वर्षको स्टारको प्रभाव राम्रो रहेको छ २० खेलमा उनले ११ गोल गरेका छन्। कोरोनाको कारण लगभग १ महिना मैदान बाहिर रहेका इब्राहिमोभिचले हाल मात्र २ खेलमै ४ गोल गरेका छन्। उनले २०११मा पनि मिलान संग खेलेका थिए भने सो समय उनले क्लब संग लिग जितेका थिए।

रोनाल्डो २०१८मा रियलबाट युभे आएका थिए भने हाल सम्म ९१ खेलमा उनले ६८ गोल गरेका छन्।

यद्यपि,पुर्व एसी मिलान र युभेन्टस कोच अल्बर्टो ज्याकेरोनि कुन खेलाडीले सिरी एमा बढी प्रभाव पारेको छ भन्ने कुरामा कुनै शंका गर्दैनन्।

“मैले आफ्नो क्यारियरमाधेरै ठूलो च्याम्पियनहरुलाई प्रशिक्षण दिएको छु, तर मलाई दुःख लाग्छ कि मैले इब्राहिमोभिचलाई कहिले पनि प्रशिक्षण दिन पाएन ,” अल्बर्टो ज्याकेरोनिले बताए।

“उहाँ अनन्त हुनुहुन्छ र मैले बुझ्न सकिन किन उनले कहिले सम्म बलों डी’ओर जितेनन्।

“इटालीमा उनले रोनाल्डो भन्दा बढी प्रभाव र परिवर्तन गरिसकेका छन्। धेरै युवा खेलाडीहरू उनको आगमन भएदेखि नै बढेको यो कुनै संयोग होईन।

“उहाँ गोल गर्ने मात्र होइन । उनले आफ्ना सबै टीमको आत्मविश्वास बढाउँदछन र कठिन क्षणमा टोलीलाई आफ्नो काँधमा बोकेर लैजान्छन्।”