इटालियन प्रेसहरुद्वारा रोनाल्डोको आलोचना- “ठूला क्लबहरु विरुद्ध उनको खेल औसत”

युभेन्टसको इन्टर मिलान संगको लिगमा हार पछि इटालियन प्रेसहरु रोनाल्डोको आलोचना गर्नमा लागेका छन्। हार पछि इटालियन प्रेसहरुहरु युभेलाई लक्षित गर्दै आलोचना गर्दै छन्।

हाल युभेन्टस लिगको पाँचौं स्थान स्थानमा छन् र युभेबाट फ्यानहरु खुसी छैनन् र हाल युभेन्टसको आलोचना हुने क्रम जारी रहेको छ भने एक इटालियन प्रकाशनले रोनाल्डोलाई टिममा बोझ जस्तो रहेको पनि भने।

रोनाल्डोको प्रदर्शनमा “क्यारीरी डेल्लो स्पोर्टले लेखे, “जब उनी फममा हुन्छन उनलाई रोक्न असम्भव जस्तो हुन्छ तर कहिले बोझ जस्तो, आइतबार उनि स्विच अफ भए। उनि हाल ठूला क्लबहरु विरुद्ध औसत भएका छन्।

‘ला ग्याजेटा डेल्लो स्पोर्ट’ ले कोचको गल्तीमा ध्यान केन्द्रित गर्ने निर्णय गरे। “यदि यो खेल एक परीक्षा भएको भए, उनि फेल हुने थिए। उनले सबै गलत गरे। उनि संग’परिभाषित रणनीतिक पहिचान छैन र यसले रोनाल्डो जस्ता उत्कृष्ट खेलाडीहरूलाई असर गर्छ। पिर्लोलाई कोन्टेले हराए र उनले चाल पाए होला कि उनको नयाँ काम कति गाह्रो छ। “सो प्रकाशनले भने।