इटालियन नागरिकताको परीक्षामा लुइस सुआरेजले ‘चिट’ गरेको आरोप

बार्साबाट युभेन्टसमा जानको लागि इटालियन नागरिकताको लागि लुइस सुआरेजले गत हप्ता परीक्षण दिएका थिए र हाल उनले सो परीक्षा चिट गरेको आरोप लागेको छ र सो बारे इटालियन प्रहरीले अनुसन्धान गर्दै गरेको खबर आएको छ।

३३ वर्षका स्टार बार्साका नयाँ कोच कोम्यानको योजनामा नहुने भए पछि उनि नयाँ क्लबको खोजीमा थिए र युभेन्टस एक सम्भव गन्तव्य रहेको थियो जसको लागि उनले इटालियन नागरिकताको लागि परीक्षा पनि दिए।

बार्सिलोनाबाट युभेन्टसमा सामेल हुनको लागि सुआरेज परीक्षाको लागि पेरूगिया गएका थिए। इटालियन वित्तीय पुलिस र पेरूगियाका सरकारी वकीलले लुइस सुआरेजको इटालियन नागरिकता परीक्षाको बारेमा गत हप्ता अनियमितता भएको आरोपमा अनुसन्धान खोलेका छन्।

यो आरोप लगाइएको छ कि सुआरेजl परीक्षा लिनु अघि परीक्षाको प्रश्नहरु र सामग्रीहरू बारे सचेत थिए, र उनको स्कोर ‘प्रि-असाइन’ गरिएको थियो।

हाल सुआरेज युभे जाने कुरा असफल हुने देखिएको छ र उनि एलेटिको म्याड्रिड जान नजिक पुगेको खबर छ भने युभेले मोराटा साइन गर्ने खबर छ।