इटहरीका मेयर चौधरीको विषयमा पार्टीले छानबिन गर्ने

सार्वजनिक रूपमै निरन्तर अमर्यादित भाषा प्रयोग गरी विवादमा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको विषयमा नेकपाभित्र छलफल हुने भएको छ। आइतबार बस्ने बैठकमा यो विषयमा छलफल हुने नेकपा सुनसरी अध्यक्ष योगेन्द्र मण्डल ‘पप्पु’ले जानकारी दिए।

पत्रकारलाई धम्की दिएको र महिलाहरूको चरित्र हत्या गर्ने खालका शब्द प्रयोग गरेकाले उनीमाथि नेकपाले छानबिन समेत गर्ने भएको हो। यस’bout पनि बैठकमा छलफल हुने सुनसरी नेकपा जिल्ला अध्यक्ष मण्डलले जानकारी दिए। प्रदेश कमिटीका केही पदाधिकारी समेत सहभागी हुने जिल्ला बैठकमा चौधरीका पछिल्ला गतिबिधि’bout पहिलो पटक छलफल हुन लागेको हो।

तल्लो तहमा पार्टी एकीकरणका लागि बस्न लागेको बैठकमा चौधरीको आपत्तिजनक भनाइलाइ लिएर कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ। प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीको बोली अशोभनीय र पार्टी हितविपरीत रहेको प्रदेश कमिटीलाई जानकारी गराएको जिल्ला अध्यक्ष मण्डलले बताए।

यसअघि नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले उपमहाननगर प्रमुख चौधरीलाई पुनः त्यस्तै व्यवहार नगर्न निर्देशन दिएको बताए। घिमिरेले चौधरीसँग पार्टीले कुरा गरिसकेपछि चित्तबुझ्दो जवाफ नभए थप कदम चालिने घिमिरेले जानकारी दिए। केही दिनअघि पत्रकारलाई धम्क्याउँदै नाकको मूल्य तोकेका चौधरीले त्यसअघि कार्यकक्षमै कर्मचारीलाई कुटेका थिए। उनकै पार्टी नेकपाभित्र विवादित व्यवहार’bout प्रश्न उठे पनि अहिलेसम्म औपचारिक छानबिन र कारवाही गरिएको थिएन।

चौधरीको अमर्यादित अभिव्यक्तिलाइ लिएर महिला अधिकारकर्मीहरूले समेत पार्टीको ध्यानाकर्षण गर्ने भएका छन्। आइतबार दिउँसो छलफल गरेर नेकपा सुनसरी कमिटीलाई ध्यानाकर्षण गर्ने जिम्मेवार पदमा रहेर सार्वजनिक मर्यादाबाहिरका अभिव्यक्ति दिने चौधरीलाई कारवाही गर्नुपर्ने भन्दै अधिकारकर्मी विरोधमा उत्रिएको अधिकारकर्मी सुभद्रा प्याकुरेलले बताइन्।