इङ्लिस खेलाडी भित्र्याउने दौडमा युभेन्टस र टोटनह्याम

एजेन्सी, इङलिस क्लब लिड्स युनाइटेडका इङलिस खेलाडी क्याल्भिन फिलिप्स भित्र्याउने दौडमा अर्का इङ्लिस क्लब टोटनह्याम र इटालीयन क्लब युभेन्टस लागेका छन्। रिपोर्टका अनुसार २५ वर्षका इङलिस मिडफिल्डर फिलिप्स भित्र्याउने दौडमा यी दुई क्लब लागेका हुन्।

रिपोर्टका अनुसार फिलिप्सको सुरुवाती मुल्य करिब २५ मिलियन पाउन्ड रहेको छ। दुवै क्लबका लागि यो मूल्य आकर्षक भएकाले पनि युभेन्टस र टोटनह्याम उनलाई भित्र्याउन इच्छुक रहेको बताइएको छ। फिलिप्सले हाल युरो २०२० अन्तर्गत आफ्नो राष्ट्रिय टोलिका लागि पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
२५ वर्षका इङलिस मिडफिल्डर फिलिप्स लिड्स युनाइटेडको एकेडेमीका उत्पादन हुन्। उनले २०१५ मा पहिलो पटक लिड्सका लागि डेब्यु गरेका थिए। उनले लिड्सका लागि २११ खेल खेल्नुका साथै १३ गोल पनि गर्न सफल भएका छन्।