इङ्गलिस प्रिमियर लिग: लिभरपुल र म्यान्चेस्टर सिटी विजयी, चेल्सी बराबरीमा रोक्यो

इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।

गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले बर्न्लेमाथि ३–० को जित निकाल्यो । लिभरपुललाई विजयी गराउँन सादियो माने र रोबर्टो फर्मीनोले १-१ गोल गर्दा बर्नलेका क्रिस उडले एक आत्माघाति गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई ४–० ले हरायो। सिटीको जितमा सर्जियो अगुएरोले २ गोल गर्दा केभिन डे ब्रायन र डेभिड सिल्भाले १-१ गोल थपे ।

गएराति चेल्सी र म्यान्चेस्टर युनाईटेड भने आ–आफ्ना खेलमा बराबरीमा रोकिए । म्यान्चेस्टर युनाईटेडलाई साउथह्याम्पटनले १-१ गोलको बराबरीमा रोक्दा चेल्सीलाई शेफिल्ड युनाईटेडले २-२ गोलको बराबरीमा रोक्यो ।

यस्तै अन्य खेलहरुमा लेष्टर सिटीले बर्नमाउथलाई ३-१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले नरिच सिटीमाथि २-० को जित निकाल्यो । त्यसैगरी क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई १–० ले पराजित गर्दा न्युकासल युनाईटेड र वाट्फोर्डले १-१ गोलको बराबरी खेलेका छन् ।