इङलिस प्रेमिएर लिगमा जेम्सले गरे यस्तो अविस्वसनिय फ्रि कीकबाट गोल (भिडियो सहित)

इङलिस प्रेमिएर लिगमा वुल्भरह्याप्टन र साउथह्याप्टन बिचको रोमान्चक खेलमा जेम्स वार्ड प्रोसले उत्कृष्ट फ्रि-कीकबाट गोल गरेका छन् ।

वुलभ्सको घरेलु मैदानमा भएको खेलमा साउथह्याम्प्टनलाई ३-१ गोल अन्तरले हराउन सफल भएको थियो ।

खेलमा २-० ले पछि परेको साउथह्याम्प्टनले एक गोल गरे, उक्त गोल फ्रि कीकबाट इङलिस खेलाडी जेम्स वार्ड प्रोसले गरे ।

खेलको ८४ औं मिनेटमा जेम्सले ३५ यार्ड ताढाबाट  फ्रि कीकबाट गरेका हुन् ।

भिडियो हेर्नुहोस:

जेम्सको उक्त फ्रि कीक गोल उनको प्रेमिएर लिगमा १२ औं फ्रि कीक गोल हो । उनी डेभिड बेख्याम पछि इङलिस प्रेमिएर लिगमा फ्री कीकबाट सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा पनि पर्न सफल भएको छ ।