इङलिस प्रेमिएर लिगमा आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

इङलिस प्रेमिएर लिग अन्तर्गत आज सनिबार ७ खेल हुदै छ ।

पहिलो खेल आर्सनल र बर्न्ली बिच हुने छ । अघिल्लो खेलमा यी दुबै टिमले जित हात पारेको थियो । आर्सनलको घरेलु मैदान इमिरेट्समा हुने खेल साझ ५:१५ मा सुरु हुने छ ।

त्यसै गरि एस्टन भिल्ला र बोउर्नेमाउथ भिड्नेछन् । यो खेल राती ७:४५ मा सुरु हुने छ । ब्राइटन र वेस्ट ह्याम, इभर्टन र वाट्फोड, नर्विच र न्युकास्टल बिचको खेल पनि सोही समयमै सुरु हुने छ ।

गत सिजनको उपबिजेता लिभरपुलले साउथह्याप्टनसंग उसैको घरेलु मैदानमा खेल्ने छ । र यो खेल पनि ७:४५ मै सुरु हुने छ ।

अन्तिम खेल गत सिजनको लिग बिजेता म्यान्चेस्टर सिटी र टोटेन्ह्याम बिच रोमान्चक खेल हुने छ । यी दुबै टिमले आफ्नो पहिलो खेलमा जित हासिल गरेको थियो । र यो खेल राती २२:१५ मा हुने छ ।