इङलिस प्रेमिएर लिगमा आज केहि रोमान्चक खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

इङलिस प्रेमिएर लिग अन्तर्गत आज सनिबार केहि रोमान्चक खेलहरु हुनेछ ।

पहिलो खेल वेस्ट ह्याम र म्यान्चेस्टर सिटीबिच हुनेछ । वेस्ट ह्यामको घरेलु मैदानमा हुने यो खेल साझ ५:१५ मा सुरु हुनेछ ।

दोस्रो खेल फुल्ह्याम र क्रीस्टल प्यालेस बिच हुनेछ । यो खेल राती ७:४५ मा सुरु हुनेछ ।

तेस्रो खेल म्यान्चेस्टर युनाइटेड र चेल्सी बिच हुनेछ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने यो खेल राती १०:१५ मा सुरु हुनेछ ।

अन्तिम खेल लिभरपुल र शेफिल्ड युनाइटेड बिच रहेको छ । यो खेल मध्याह्न १२:४५ मा सुरु हुनेछ ।