इङलिस प्रीमिएर लिग र ला लिगा भन्दा इटालियन सिरी ए यस सिजन निकै रोमान्चक

युरोपको सर्वाधिक रुचाइएका शीर्ष ३ लिगहरु मध्ये यस सिजन इटालियन लिग सिरी ए अरु लिग भन्दा निकै रोमान्चक भइरहेको छ ।

इङलिस प्रीमिएर लिग र स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेका क्लबहरु दिस्रो स्थानमा रहेको क्लब भन्दा निकै भारी अन्तरले अगाडि रहेको छ ।

त्यस्तै, उता, इटालियन लिग सिरी ए मा भने शीर्ष स्थानको लागि निकै प्रतिस्पर्धा भइरहेको छ ।

सनिबार राती भएको खेलमा एसी मिलानले २-० को हार बेहोरे पछि आइतबार राती भएको खेलमा इन्टर मिलानले महत्त्वपूर्ण जित हात पार्दै शीर्ष स्थानमा उक्लन सफल भयो ।

सिरी ए मा हरेक खेलको नतिजा पछि क्लबहरुको स्थान परिवर्तन भैरहेको छ ।

सिरी ए को अंक तालिका

शीर्ष स्थानमा हाल ५० अंक बटुल्दैै इन्टर मिलान रहेको छ भने दोस्रो स्थानमा ४९ अंक सहित एसी मिलान रहेको छ । तेस्रो स्थानमा रोमाको ४३ अंक रहेको छ । त्यस्तै, चौथौ स्थानमा एक खेल कम खेलेको युभेन्ट्सको ४२ अंक रहेको छ ।

उता, जर्मन बुन्डेस लिगामा सधै झै बार्यनले दबदबा कायम गरिरहेको छ ।