इङलिस स्ट्राइकर माथी रियल मड्रिडको नजर

एजेन्सी, इङलिस क्लब एभर्टनका इङलिस फर्वाड डोमिनिक क्याल्भर्ट लेविन माथी स्पेनीश क्लब रियल मड्रिडको नजर रहेको छ। रिपोर्टका अनुसार रियल मड्रिडका नवनियुक्त प्रशिक्षक कार्लो एन्सेलोटि आफ्नो पुर्व क्लबका फर्वाड क्याल्भर्ट लेविनलाई रियल भित्र्याउन इच्छुक छन्।

२४ वर्षका इङलिस खेलाडी क्याल्भर्ट लेविनले एभर्टनका लागि एन्सेलोटि अन्तर्गत नै उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए। उनले गत सिजन सबै प्रतियोगिताहरुमा एभर्टनका लागि ३९ खेलमा २१ गोल गरेका थिए। उक्त २१ गोल मध्ये १६ गोल उनले प्रेमियर लिगमा गरेका थिए। उनको मूल्य करिब ५० मिलियन पाउन्ड रहेको आंकलन गरिएको छ।
उनी २०२५ सम्म एभर्टनमा अनुबन्धित छन्। उनले एभर्टनका लागि कुल १७३ खेलमा ५३ गोल गरेका छन्। उनी २०१६ मा करिब १.५ मिलियन पाउन्डमा एभर्टनमा अनुबन्धित भएका थिए।