इङलिस खेलाडी माथी बार्सिलोनाको नजर

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर सिटिका इङलिस खेलाडी रहिम स्टर्लिङ माथी बार्सिलोनाको नजर रहेको छ। रिपोर्टका अनुसार बार्सिलोनाले यो ट्रान्सफर सिजन आफ्नो फर्वार्ड एन्टोन ग्रिज्म्यान गुमाउन सक्ने संभावना रहेको हुँदा क्लबको नजर स्टर्लिङ माथी पर्न गएको देखिन्छ।

स्टर्लिङ २०१५ मा करिब ४९ मिलियन पाउन्डमा लिभरपुलबाट म्यान्चेस्टर सिटीका लागी अनुबन्धित भएका थिए। हाल बार्सिलोनाको आर्थिक अवस्था कम्जोर रहेकाले क्लबलाई नयाँ खेलाडी दर्ता गर्न केही खेलाडीहरु बेच्न तथा पारिश्रमिक घटाउन पर्ने दबाब रहेको भनिएको छ। यसै कारणले यो ट्रान्सफर सिजन स्टर्लिङ बार्सिलोनामा अनुबन्ध हुने सम्भावना भने न्यून देखिन्छ।
२६ वर्षका स्टर्लिङले सिटीका लागि २९२ खेलमा ११४ गोल गरि सकेका छन्। आफ्नो गतिका लागि चिनिएका स्टर्लिङ विङगर भएता पनि अट्याकिङ मिड्फिल्डर र स्ट्राइकरका रूपमा पनि खेल्छन्।