इङलिस खेलाडी भित्र्याउने दौडमा टोटनह्याम र म्यान्चेस्टर सिटि

एजेन्सी, इङलिस क्लब साउथह्याम्प्टनका खेलाडी भित्र्याउने दौडमा इङलिस क्लब टोटनह्याम र म्यान्चेस्टर सिटि लागेका छन्। रिपोर्टका अनुसार टोटनह्याम र सिटि साउथह्याम्प्टनका इङलिस स्ट्राइकर ड्यानी इङ्स भित्र्याउन इच्छुक छन्।

रिपोर्टका अनुसार २८ वर्षका इङ्सको मूल्य करिब २० मिलियन पाउन्ड रहेको छ। यो मूल्य दुवै क्लबका लागि आकर्षक रहेको देखिन्छ। टोटनह्याममा अनुबन्ध भएको खण्डमा उनले सिटिमा भन्दा बढी खेल समय पाउने देखिन्छ। रिपोर्टका अनुसार टोटनह्याम उनलाई आफ्नो स्टार खेलाडी ह्यारी केनलाई प्रतिस्थापन गर्नका निम्ति भित्र्याउन लागेका भने होइनन्। टोटनह्यामले उनलाई र केनलाई सँगै खेलाउन चाहेको भनिएको छ।
२८ वर्षका इङलिस स्ट्राइकर ड्यानी इङ्सले साउथह्याम्प्टनका लागि १०० खेलमा ४६ गोल गरेका छन्। साउथह्याम्प्टनमा अनुबन्ध हुनु अघि उनी लिभरपुलका खेलाडी थिए।