इंग्ल्यान्ड र भारत बिचको टेस्ट खेलमा दर्शकहरुलाइ प्रवेश गराइने

एजेन्सी, इंग्ल्यान्ड र भारतको पाच खेलको टेस्ट श्रृङखलामा दर्शकलाई रंगशालामा प्रवेश गराइने भएको छ। अगस्ट ४ देखि हुने टेस्ट खेल नटिङ्ह्याममा हुनेछ।

कोरोनाका कारण विभिन्न गतिविधिमा फुकुवा गरे पछि दर्शकलाई प्रबेश गराउने भएको छ। विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा केही सिमित दर्शकका बिच सम्पन्न गरिएको थियो।

पहिलो टेस्ट खेल अगस्ट ४ मा नटिङ्ह्याममा हुनेछ भने दोश्रो टेस्ट खेल १२ तारीखमा लण्डनमा खेल्नेछ।

त्येस्तै तेश्रो र चौथो अगस्ट २५ र सेप्टेम्बर २ मा हेडिगंले र केन्निगंटन ओभलमा खेलाइने छ। यस्तै अन्तिम खेल १० तारिखका दिन म्यान्चेस्टरमा सम्पन्न हुनेछ।

भारतले टेस्ट खेल खेल्नु दुई वटा अभ्यास खेल खेल्ने भएको छ।