एजेन्सी, फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा इंग्ल्यान्डले फराकिलो जित हात पारेको छ ।
बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले सान मारिनोलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इंग्ल्यान्डलाई जित दिलाउन डोमिनिक काल्भर्ट लेविनले दुई गोल गरे ।
जेम्स वार्ड, रहिम स्ट्रर्लिङ र ओली वाट्किन्सले एक एक गोल गरे ।
खेलको १४ औं मिनेटमा जेम्सले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।
२१ औं मिनेटमा लेविनले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ३१ औं मिनेटमा रहिमले गोल गरेपछि पहिलो हाफमा इंग्ल्यान्ड ३-० ले अघि रह्यो ।
खेलको ५३ औं मिनेटमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४-० को बनाए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा वाट्किन्सले गोल गर्दै इंग्ल्यान्डलाई ५-० को जित दिलाए ।
वाट्किन्सले डेब्यु खेलमै गोल गरेका हुन् ।
जितसँगै समूह ‘आई’ को इंग्ल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ ।
सान मारिनोले भने हारबाट छनौटको सुरुवात गरेको छ ।