इंग्ल्याण्डको बंग्लादेश टुर २०२३ सम्मका लागि स्थगित

एजेन्सी, इंग्ल्याण्डको बंग्लादेश टुर स्थगित भएसंगै नया तालिका सार्वजनिक गरिएको छ । यहि सेप्टेम्बर र अक्टोबरमा हुनि भनिएको टुर कोरोना र व्यस्त तालिकाको कारण देखाउदै नया तालिका सार्वजनिक गरिएको हो ।

दुबै क्रिकेट बोर्डले नया खेल मितिमा सहमती जनाएको छ । नया तालिका अनुसार इंग्ल्याण्डले अब २०२३ मार्चमा मात्रै बंग्लादेशको टुर गर्ने भएको छ जस्मा तीन एक दिवसीय र तीन टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने छ ।

इंग्ल्याण्डले अक्टोबर मा पाकिस्तानसंग दुइ वटा टि-ट्वान्टी खेल्ने छ । टि-ट्वान्टी विश्वलाई मध्यनजर गर्दै इग्ल्याण्डले पाकिस्तानसंग खेल्न लागेको हो ।

इंग्ल्याण्डको बंग्लादेशविरुद्धको एक दिवसीय र टि-ट्वान्टी मार्चको पहिलो र दोश्रो सातामा खेलाउने तालिका रहेको छ ।