इंग्ल्यान्ड र अष्ट्रेलियाको भिदन्त हुदैछ; विस्तृत जानकारी तल:

विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। लर्ड्समा हुने खेल नेपाली समय दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । दुई टिमको लागि यो खेल महत्वपूर्ण छ । सेमिफाइनल प्रवेश लागि दुबैलाई जित जरूरी छ।

आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले पराजित गरेको अष्ट्रेलियाले दोस्रो खेलमा वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो । तर तेस्रो खेलमा भने भारतसँग ३६ रनले पराजित भएको थियो।

त्यसपछि लगातार ३ खेलमा जित निकाल्ने क्रममा अष्ट्रेलियाले पाकिस्तान, श्रीलंकालाई र बंगलादेशलाई  हराएको हो। १० अंक बनाएर तालिकाको दोस्रो स्थानमा रहेको अष्ट्रेलिया इंग्ल्यान्डविरुद्ध पनि स्पष्ट जित निकाल्न चाहन्छ। इंग्ल्यान्डले भने ६ खेलमा ८ अंक मात्रै बनाउन सकेको छ।

q