अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी )ले इंग्ल्यान्ड क्रिकेट टिमलाई कारबाही गरेको छ ।
आइतबार भएको तेस्रो ट्वान्टी–२० मा दक्षिण अफ्रिका विरुद्ध ढिलो बल फ्याँकेको (स्लो ओभर रेट बलिङ) मा आईसीसीले इंग्ल्यान्डलाई कारबाही गरेको हो ।
England handed a fine for a slow over-rate during their victory over South Africa.#SAvENGhttps://t.co/6QVHeyCZ5R
— The Cricketer (@TheCricketerMag) February 17, 2020
आईसीसीले इंग्लिस टिमलाई खेल शुल्कको २० प्रतिशत जरिवाना तिराउने भएको छ।आईसीसीको आचरसंहिता २.२२ का अनुसार इंग्लिस टोलीलाई कारबाही गरिएको हो।
इंग्ल्यान्डका कप्तान ओयन मोर्गनले पनि आफूहरुले गल्ती गरेको स्वीकार गरेका छन्।
England fined for maintaining slow over-rate in 3rd South Africa T20I #ENGvSA https://t.co/wTJ9FzZcMO
— Zee News (@ZeeNews) February 17, 2020
मैदानमा रहेका अम्पायरहरु एड्रियन होल्डस्टक, अल्लाउद्दीन पालेकर, बोनगानी जेले र म्याच अफिसर ब्राड ह्वाइटले कारबाहीका लागि आईसीसीसमक्ष सिफारिस गरेका थिए।
@Kantipur