इंग्ल्यान्डद्वारा अल्बानिया पराजित

एजेन्सी , फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा अल्बानियालाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी केन र मासन माउन्टले एक एक गोल गरे ।

खेलको ३८ औं मिनेटमा केनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६३ औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्यान्डलाई २-० को सहज जित दिलाए ।

जितसँगै इंग्ल्यान्डले समूह आईमा २ खेलमा ६ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ ।

अल्बानियाको यो पहिलो हार हो । अल्बानियाले २ खेलमा ३ अंक जोडेको छ ।