इंग्ल्याण्डविरुद्ध यूईएफएले कारबाही गर्ने

युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले इंग्ल्याण्डविरुद्ध कारबाही गर्ने भएको छ। ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुग्न इंग्ल्याण्डले युरो २०२०को सेमी फाइनलमा डेनमार्कलाई २-१ले पराजित गरेको थियो भने उक्त खेल हाल धेरै विवादास्पद बनेको छ।

इङ्गल्यान्डले पाएको पेनाल्टी, रेफ्रीको निर्णय र इंग्ल्याण्डका फ्यानहरुको व्यवहारको कारण खेल अन्त्य भए पछि पनि हाल सो खेलको धेरै चर्चा हुँदै छ भने हाल खबर अनुसार यूईएफएले इंग्ल्याण्डविरुद्ध कारबाही गर्ने छ। खेलमा इङ्गल्यान्डले पेनाल्टी पाएको थियो र उक्त पेनाल्टीमा डेनमार्कका गोलकिपर कास्पर स्माइकललाई विफल पार्न इङ्गल्यान्डका फ्यानले उनको अनुहारमा लेजर लाइट बालेका थिए र सो घटना सहित यूईएफएले इंग्ल्याण्डविरुद्ध ३ मुद्दामा कारबाही गर्ने खबर छ।

विपक्षी खेलाडी माथि लेजर बाल्ने, डेनमार्कको राष्ट्रिय गानको समय समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएको र अतिशबाजी र पटाका प्रयोग गरेको ३ मुद्दामा इंग्ल्याण्डविरुद्ध यूईएफएले कारबाही गर्ने छ।

युइएफएले यस विषयमा कन्ट्रोल, एथिक्स र डिसिपिलनारी बडीले अनुसन्धान गर्ने जनाएको छ ।

‘युइएफा कन्ट्रोल, एथिक्स र अनुसन्धानात्मक निकाय (सीईडीबी) द्वारा यथोचित मुद्दामा छानबिन गरिनेछ’ युरोपियन फुटबलको नियामक निकायले एक विज्ञप्तिमा भनेको छ ।

इङ्गल्यान्ड १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो भने युरो कपमा पहिलो पटक फाइनलमा स्थान बनायो । अब उसले उपाधिका लागि जुलाई ११ मा वेम्ब्लीमा नै इटलीसँग खेल्नेछ । इटलीले पहिलो सेमिफाइनलमा स्पेनलाई चार दुईले हराउँदै फाइनलमा पुगिसकेको छ ।