इंग्ल्याण्डलाई विसाल लक्ष्य, के विश्व विजेता सफल हुन्छ?

अस्ट्रेलिया र इंग्ल्याण्डबीचको पहिलो टेस्ट क्रिकेटमा जितका लागि इंग्ल्याण्डले अन्तिम दिन ३८५ रन बनाउनुपर्ने भएको छ।

इंग्ल्याण्ड ३९८ रनको लक्ष्य पछाइरहेको हो। दोस्रो इनिङमा स्टेभेन स्मिथ र म्याथ्यु वाडेले शतक बनाएपछि अस्ट्रेलिया बलियो स्थितिमा पुगेको हो ।

टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा २ सय ८४ रनमा अलआउट भएको थियो । पहिलो इनिङमा पनि स्मिथले १ सय ४४ रन बनाएका थिए । इंग्ल्याण्ड पहिलो इनिङमा २ सय ७४ रन बनाउँदा अल आउट भएको थियो । इंग्ल्याण्डका लागि रोरी ब्रन्सले १ सय ३३ साथै बेन स्टोक्सले ५० रन बनाएका थिए ।

अस्ट्रेलियाले दोस्रो इनिङमा ४ सय ८७ रन बनाएर खेल छाडेको थियो । जसमा स्मिथले १ सय ४२ रन साथै वाडेले १ सय १० रन बनाएका थिए ।