इंग्ल्याण्डका व्हाइटले विश्व कप छाडे

एजेन्सी । इंग्ल्याण्डका डिफेन्डर बेन व्हाइटले विश्व कप छाड्दै स्वदेश फर्केका छन् । उनले व्यक्तिगत कारण देखाउदै कतारबाट इंग्ल्याण्ड फर्केका हुन् ।

आर्सनलको डिफेन्डर समेत रहेका व्हाइट प्रतियोगिताको बाकी खेलका लागि नफर्किने इंग्ल्याण्डले जनाएको छ ।

२५ वर्षे डिफेन्डरले राष्ट्रिय टिमका लागि चार खेल खेलिसकेका छन् । उनले जारी विश्व कपमा भने कुनै खेल खेलेका छैनन् ।

समूह चरणका पहिलो दुई खेलका लागि उनी बेन्चम रहेका थिए । वेल्सविरुद्ध खेलमा अस्वस्थ हुदा टोलिमा समेटिएका थिएनन् ।

जारी प्रिमियर लिगमा आर्सनलका लागि उत्कृष्ट प्रदशन गरे पछि विश्व कप खेल्ने टोलिमा मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले समावेश गरिएको थियो ।