इंग्ल्याण्डका विश्वकप बिजेता बेन स्टोक्स न्यूजिल्याण्डको अवार्डमा मनोनित

इंग्ल्याण्डबाट विश्वकप खेल्दै न्यूजिल्याण्डलाई हराउँदा नायक बनेका बेन स्टोक्सलाई न्यूजिल्याण्डको अवार्डको लागि मनोनित गरिएको छ।

न्यूजिल्याण्ड विरुद्ध ८४ रन नटआउट बनाएका स्टोक्सले सुपर ओभरमा पनि राम्रो प्रदर्शन गरेका थिए। प्लेयर अफ द फाइनल चुनिएका स्टोक्सलाई न्यूजिल्याण्डर अफ द एयर अर्थात् न्यूजिल्याण्डको वर्ष व्यक्ति अवार्डको लागि मनोनित गरिएको खबर बाहिरिएको छ।

उक्त अवार्ड मनोनयन समितिका प्रमुख क्यामरुन बेन्नेटले स्थानीय पत्रिकासँग कुरा गर्दै उनले भने, ‘न्यूजिल्याण्डको टोलीबाट नखेलेपनी उनी यतै जन्मेका हुन्। उनका आमा बुवा अझै क्राइसचर्चमै बस्छन्।
बेन स्टोक्स न्यूजिल्याण्डको शहर क्राइसचर्चमा जन्मेका हुन्। १२ वर्षको उमेरमा उनी आफ्नो परिवारसँगै इंग्ल्याण्ड आएका थिए र उनको क्रिकेट करियर त्यहि जम्न सफल भयो।

सो अवार्डको लागि स्टोक्सको साथ न्यूजिल्याण्डको कप्तान केन विलियमसन पनि छानिएका छन्। बेन्नेटका अनुसार विलियमसनको उत्कृष्ट क्षमताका कारण उनी छनौट भएका हुन्।