इंग्ल्याण्डका पुर्व विंगरद्वारा सन्यासको घोषणा

एजेन्सी । इंल्याण्डका पुर्व विंगर एरोन लेनोनद्वारा सन्यासको घोषणा गरेका छन् । उनले ३५ वर्षेको उमेरमा व्यवसायिक फुटबलबाट सन्यास लिएका हुन् ।

लेनोनले आफ्नो करिअर लिड्स युनाईटेडबाट सुरुआत गरेका थिए । त्यसपछी, टोटेन्हममा दशक बिताउदै एभर्टन, बर्नली र क्यासेरिसपोर हुँदै सन्यास लिएका हुन् ।

त्यस्तै, इंग्ल्याण्डका लागि उनले २१ अन्तर्राष्ट्रिय फुटबल खेल खेलेका छन् । लेनोनले २००६ र २०१० विश्व कपमा समेत इंग्ल्याण्डबाट खेलेको थियो ।

गत सिजन बर्नलीसंग सम्झौता सकिए पछि टर्किस क्लब क्यासेरिसपोरमा आवद्ध हुनपुगे । तर, टर्किस क्लब छाड्दै सन्यास लिएका हुन् ।