इंग्लिस प्रिमियर लिग क्लब नर्विच सिटी र क्रिष्टल प्यालेस लिग कपबाट बाहिरियो

इंग्लिस प्रिमियर लिग क्लब नर्विच सिटी लिग कप (कारबाओ कप) फुटबलको दोस्रो चरणबाटै बाहिरिएको छ।

मंगलबार राति भएको खेलमा लिग टू क्लब क्रोलीसँग १-० ले पराजित भएर नर्विच प्रतियोगिताबाटै बाहिरिएको हो। बेरिली लुबालाले १७ औँ मिनेटमा गरेको गोल नै क्रोलीको जितमा निर्णायक बन्यो । अर्को खेलमा पेनाल्टी सुटआउट हुँदा क्रिष्टल प्यालेस कोलचेस्टर युनाइटेडसँग पराजित भएको छ।

यसैगरी कार्डिफ सिटी लुटनसँग ३-० ले पराजित भएर बाहिरियो । ब्राइटनले भने ब्रिस्टल रोभर्सलाई २-१ ले हराएर अर्को चरणमा स्थान बनाउँन सफल रहयो।