इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा लिभरपूल

लिभरपूल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । कार्डिफ सिटीमाथि चार–एकको जित निकाल्दै लिभरपूल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । खेलको १०औं मिनेटमा नै मोहम्मद सलाहले लिभरपूललाई अग्रता दिलाए ।

६६औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । कार्डिफकातर्फबाट ७७औं मिनेटमा कालुम प्याटरसनले गोल गरेपछि खेल दुई–एकको स्थितिमा पुग्यो । लगत्तै ८४औं मिनेटमा जेर्दान शाकिरीले र ८७औं मिनेटमा पुन: मानेले आफ्नो व्यक्तिगत दोस्रो गरेपछि लिभरपूलले समग्रमा चार–एकको अग्रता लियो ।

१० खेलका समाप्तिमा लिभरपूलको २६ अंक छ । यस्तै प्रिमियर लिगका अन्य खेलमा वाडफोर्डले हडर्सफिल्डमाथि तथा बर्नमथले फुलह्याममाथि समान तीन–शून्यको जित निकाले । उता ब्राइटनले उल्भ्सलाई एक–शुन्यले पराजित गर्दा लेष्टर सिटी र वेष्टह्यामले एक–एकको तथा न्यूक्यासल र साउथह्याम्टनले गोलरहित बराबरी खेलेका छन् ।