इंग्लिश क्लबले माग्यो युभेन्टस को मदत- ११६ वर्ष अगाडी आफुले गरेको मदत चुकाउन अनुरोध

आर्थिक रूपमा संघर्ष गर्दै गरेको इंग्लिश क्लब, नोट्स काउन्टीले युभेन्टस को मदत मागेको छ। आफुले ११६ वर्ष अगाडी गरेको मदत चुकाउने आशा गर्दै नोट्स काउन्टीले युभेन्टसको मदत मागेको हो।

खबर अनुसार इङ्गल्याण्डको पाँचौं लीगको टोलि नोट्स काउन्टी हाल आर्थिक संकटको सामना गर्दै छ र नयाँ सिजनलको जर्सीको लागि रकम तिर्न नसक्ने भएर पुरानो जर्सी प्रयोग गर्न पर्ने अवस्था रहेको छ। आफुले १९०३मा गरेको मदत चुकाउने आशा गर्दै नोट्स काउन्टीले युभेन्टसको मदत मागेको हो।

सन् १९०३मा नोट्स काउन्टीले युभेन्टसको मदत गरेको थियो, मौलिक रुपमा कालो र सेतो डिजाइन नोट्स काउन्टीको र काउन्टीले युभेन्टसको मदत गरे पछि युभेन्टसले पनि उक्त डिजाइनको जर्सी प्रयोग गर्न थालेको हो।