“इंगल्याण्ड राष्ट्रिय टोलिको म्यानेजर बन्नु सपना हो”- डेभिड बेकह्याम

म्यान्चेस्टर युनाइटेडका लेजेंड डेभिड बेकह्यामले इंगल्याण्ड राष्ट्रिय टोलिको म्यानेजरमा नियुक्त हुने एक ‘ड्रिम जोब’ भनेर भने। GQसंग कुरा गर्दै ४४ वर्षका पुर्व फूटबल सुपरस्टारले भने कि कुनै दिन थ्री लाईअन्सको म्यानेजर बन्ने विचारको उनले स्वागत गर्ने छन्।

“मलाई लाग्छ एफएमा केही व्यक्तिले मलाई सम्भवतः भविष्यको इंगल्याण्ड राष्ट्रिय टोलिको म्यानेजर रूपमा देखेका छन्,

इंगल्याण्डको कप्तानको रुपमा मेरो सफल क्यारियर थियो, तेही भएर हुन सक्छ”। – बेकह्यामले बताए ।

“येदि कसैले मलाई इंगल्याण्डको म्यानेजर बन्ने हो भनेर सोधे म सिधै उक्त प्रस्ताव स्वीकार गर्ने छु”

“यो एक सपना हो, तर अहिले ग्यारेथ इंगल्याण्ड राष्ट्रिय टोलिको म्यानेजर हुन् र उनले राम्रो गर्दै छन्”