आर्सेनल, स्पर्स र चेल्सी एटलेटिको म्याड्रिडका स्टार साइन गर्ने दौडमा

एटलेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनेले थोमस लेमारले क्लब छोड्ने संकेत दिएका छन्।

२४ वर्षीय लेमार स्पेनी राजधानी एटलेटिकोमा केवल १८ महिना पछि आर्सेनल र टोटनह्यामसँग जोडिएका छन्।

“लेमार एक महत्वपूर्ण खेलाडी हुन् जसले आफ्नो खेलको विकास गर्न सकेका छैनन्, अन्यसँग नभएका विशेषताहरू उनिसँग छन्,” सिमोनेले भने।

“लेमार रहने छन् वा छैनन्?… हामीलाई थाहा छ एजेन्टहरू आफ्नो तरीकाले काम गर्छन्।

“क्लबहरू क्लबको आवश्यकताका हिसाबले काम गर्दछन्। तर, एक फुटबलरको रूपमा, हरेक पटक उनी उपलब्ध छन्।

“उनका विशेषताहरूले मलाई सँधै उत्साहित तुल्याउँछ। तर उनले अपेक्षाहरूअनुरूप खेल्न सकेका छैनन् ।”

हाल प्रिमियर लिगका लन्डन टिमहरुले उनलाई साइन गर्न चासो देखाएको छ।

खबर अनुसार आर्सेनल र टोटनह्यामका प्रतिनिधिहरु उनलाई नजिकबाट अवलोकन गर्दै छन्।

अर्को लन्डन टिम चेल्सीले पनि उनलाई साइन गर्न सक्ने खबर छ तर उनि भन्दा अरु खेलाडी चेल्सीको प्राथमिकता रहेको हुन सक्ने खबर छ।

एटलेटिकोले उनलाई €६० मिलियनमा साइन गरेको थियो र हाल उनको मूल्य सार्वजनिक भएको छैन।