आर्सेनल बिरुद्ध डि-बक्स बाहिरबाट सनको यस्तो उत्कृष्ट गोल

नर्थ लन्डन डर्बीमा स्पर्सले अर्सेनल माथि २-०को जित हात गरेको थियो र खेलको पहिलो गोल डि-बक्स बाहिरबाट निकै उत्कृष्ट रुपमा कोरियन सुपरस्टार सन ह्युङ-मिनले गरेका थिए।

ह्यारी केनको पासबाट बल पाएका सनले एक्लै बल अगाडी लागे र डि-बक्स बाहिरबाटनै निकै उत्कृष्ट कर्लि शत प्रहार गरे जसलाई रोक्न आर्सनलका किपर लेनो असफल भए।

सनको उक्त गोल निकै उत्कृष्ट थियो भने धेरै को विश्वास छ उक्त प्रहार गोल अफ द यारको दाबेदार हुन सक्छ।

कोरियन स्टारको प्रदर्शन टोटनह्याममा निकै उत्कृष्ट हुदै आएको छ भने सन र केनको साझेदारीले स्पर्सलाई धेरै मद्दत गरेको छ।