आर्सेनल डर्टमन्डका स्टार मिडफिल्डर साइन गर्न इच्छुक

प्रिमियर लिग क्लब आर्सेनल हाल नयाँ मिडफिल्डरको खोजीमा छन् र खबर अनुसार आर्सेनलको चासो डर्टमन्डका जुलियन ब्रान्डमा रहेको छ। गनर्स् धेरै समय देखि मिडफिल्डरको खोजीमा छन् र सिजन सुरु हुने अगाडी पनि नयाँ मिडफिल्डर साइन गर्न प्रयासमा रहे पनि क्लब असफल रहेको थियो।

हाल खबर अनुसार डर्टमन्डका स्टार मिडफिल्डर साइन गर्न इच्छुक आर्सेनल इच्छुक छन् र हाल ट्रान्सफर विन्डो सुरु भएको छ र आर्सेनलको प्रयास पनि सुरु हुने खबर छ।

आर्सेनल २४ वर्षका स्टार जर्मन साइन गर्न उत्सुक छन्, जुलियन ब्रान्डको प्रदर्शन निकै राम्रो रहेको छ भने क्लबका कोच मिखेल आर्टेटाको विश्वास छ कि उनले क्लबमा आक्रमणको समस्या समाधान गर्न मद्दत गर्न सक्ने छन्।

उनलाई साइन गर्न आर्सेनललाई अन्य क्लबले प्रतिस्पर्धा दिन सक्ने पनि कुरा छ खबर अनुसार केहि बुन्डेसलिगा टिम पनि उनि माथि इच्छुक छन्।