आर्सेनल क्रिस्टल प्यालेससंग बराबरीमा रोक्यो

प्रिमियर लिग फुटबलमा आर्सनल र क्रिस्टल प्यालेसले गोल रहित बराबरी खेलेका छन् ।

बिहिबार लण्डन क्लब आर्सनलले घरेलु मैदानमा क्रिस्टलसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेका हो ।

तीन साता अघि रेलिगेशनको खतराबाट गुज्रिरहेको आर्सनलले सबै प्रतियोगितामा लगातार चार खेलमा जित निकालेको थियो । प्रिमियर लिगका पछिल्ला तीन खेलमा जित निकाल्दै आर्सनलले ९ अंक बटुलेको थियो ।

बिहिबार भने लण्डन क्लबले पाहुना टोलीमाथि जित निकाल्न असफल रह्यो ।

क्रिस्टल प्यालेस ईमिरेट्स स्टेडियममा अंक खोस्न सक्षम देखिएको थियो । प्यालेस क्लबले आर्सनलको तुलनामा राम्रा अवसर समेत सिर्जना गरेको थियो ।

पाहुना टोलीका क्रिस्टियन बेनटेक र जेम्स टोमकिन्स गोलका नजिक पुगेका थिए । तर आर्सनलका गोलकिपर बर्न लेनोले बेनटेकको प्रयासलाई उत्कृष्ट बचाउ गर्दै लण्डन क्लबलाई अंक दिलाउन सफल रहे ।

आर्सनलले २४ अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ । क्रिस्टल दुई अंक पछि पर्दै १३ औं स्थानमा छ । दुवै टिम रेलिगशेन जोन भन्दा टाढा छन् ।