आर्सेनलले भित्रायो स्टार युवा ब्राजिलियन डिफेन्डर

आर्सेनलले लिलबाट स्टार युवा ब्राजिलियन डिफेन्डर साइन गरेको घोषणा गरेको छ। आर्सेनलले लिलका स्टार डिफेन्डर गेब्रियल मागालेसलाई £२५ मिलियनमा साइन गरेको हो।

मंगलबार एक भिडियो मार्फत आर्सेनलले उनलाई साइन गरेको कुरा सार्वजनिक गरेको थियो। उनि लिग १को उत्कृष्ट डिफेन्डरहरु मध्ये एक रहेका थिए थिए र उनि मात्र २२ वर्षका छन्।

उनलाई साइन गरेपछि आर्सेनलमा ब्राजिलियन खेलाडीहरुको संख्या ४ पुगेको छ। हस्ताक्षरको बारेमा बोल्दै आर्सेनलका प्राविधिक निर्देशक एडुले भने: “हामी गेब्रियलको आगमनबाट खुसी छौं। उनी एक खेलाडी हुन् जुन हामीले केही समयको लागि अध्ययन गरिरहेका थियौं र उनि माथि धेरै क्लबहरूको चासो थियो, त्यसैले उनि हामी संग सहमत भएकोमा गर्व गर्दछौं।

आर्सेनलले अझै एटलेटिको म्याड्रिडका पार्टे साइन गर्न सक्ने खबर छ।