आर्सेनलको नयाँ ब्राजिलियन युवा स्टार- रियल म्याड्रिड देखि लिभरपूलले सुरु गर्यो निगरानी

आर्सेनलले आफ्नो नयाँ ब्राजिलियन युवा स्टार गेब्रिएल मार्टिनेली संग नयाँ सम्झौत साइन गर्न र उनको तलब वृद्धि गर्न छलफल गरेको छ, आर्सेनल ठुलो क्लबहरुलाई उनि बाट टाढा राख्न चाहन्छ।

१८ वर्षका ब्राजिलियन युवाले आर्सेनलको लागि आफ्नो पहिलो सिजनमा राम्रो प्रदर्शन गर्दै छन्, २१ खेलमा उनले १० गोल गरेको छन्।

डेली मेलका अनुसार मार्टिनेलीको खेलबाट रियल म्याड्रिड र लिभरपूल जस्तो क्लबहरु प्रभावित भएका छन्, मार्टिनेलीले चेल्सी बिरुद्ध उत्कृष्ट गोल गर्दै आफ्नो प्रतिभा देखाएका थिए।

आर्सेनलले उनलाई आफ्नो युवा टिममा खेलाउन साइन गरेको थियो तर उनको उत्कृष्ट प्रदर्शनलको कारण आर्सेनलले उनलाई सुरूवाती ११मा प्रयोग गर्न थालेको हो।

उनको तलब £१०,००० रहेको छ तर उनको उत्कृष्ट प्रदर्शन र अरु क्लबलाई उनिबाट टाढा राख्न आर्सेनलले उनको तलब बढाएर £३०,००० गर्ने खबर छ।