आर्सेनलका स्टार स्ट्राइकर साइन गर्न बार्साको छलफल

बार्सिलोनाले आर्सेनलका स्टार स्ट्राइकर पिएरे–एमरिक अउबमेयाङ साइन गर्न छलफल गर्दै गरेको खबर छ ।

बार्साले आर्सेनलका कप्तान अउबमेयाङ साइन गर्न चासो राखेका छन् र वार्ताका क्रममा मुन्डो डिपोर्टिभोका अनुसार, लन्डनक्लबले डेम्बेलेको बारेमा सोधेका छन्।

क्याटालान क्लबले यस गर्मीमा फ्रान्सका आक्रमणकर्ता बेच्न खोज्ने खबर छ – र उनको मूल्य ४० मिलियन हुने कुरा छ।

आर्सेनलले डेम्बेलेमा आफ्नो चासो देखाएको छ र अउबमेयाङको प्रस्तावमा उनलाई पनि समावेश गरिने खबर छ।

युभेन्टसले पनि बार्साका उक्त खेलाडीमा चासो राख्दै आएका छन।