आर्सेनलका स्टार साइन गर्न बायर्न म्युनिख र पिएसजी प्रतिस्पर्धामा

बायर्न म्युनिख र पिएसजी आर्सेनलको स्टार फुलब्याक साइन गर्न प्रतिस्पर्धामा पुगेका छन्।

खबर अनुसार आर्सनलका स्टार फुलब्याक हेक्टर बेल्लेरिन साइन गर्न बायर्न म्युनिखले पनि चासो देखाएको छ। हेक्टर बेल्लेरिन पिएसजीको मुख्य लक्ष्य रहेका थिए र आर्सेनलले सहि प्रस्ताव आए उनलाई बेच्ने कुरा रहेको थियो भने आर्सेनलले मागेको रकम तिर्न पिएसजी केहि अनिच्छुक पनि देखिएको थियो।

मिररका अनुसार च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले पनि स्पेनी स्टार फुल-ब्याक साइन गर्न चासो देखाएका छन् तर उनलाई साइन गर्न म्युनिखले पेरिस सेन्ट जर्मेनको प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ,पिएसजीले उनको लागि £२५ मिलियनको प्रस्ताव प्रस्तुत गरिसकेका छन।

हेक्टर बेल्लेरिनले आर्सेनलको लागि राम्रो प्रदर्शन गर्दै आएका छन् चोटको कारण उनले लय केहि गुमाएका थिए तर उनि हाल फेरी राम्रो खेलाडी छन्। आर्सेनलले उनलाई बेचेर स्टार मिडफिल्डर पार्टीलाई साइन पनि कुरा छ।

बायर लेवरकुसेन र युभेन्टसले पनि उनलाई साइन गर्न चासो देखाएको कुरा आए पनि पिएसजी र म्युनिख मुख्य दाबेदार हुने खबर छ।

NepMag Sports a subsidiary of NepMag Network. We post latest, informative, and entertaining sports-related articles for you to read! We will keep you updated with the most recent articles about scores, fixtures, rumors, and facts about the sports from all around the world!