‘आर्सेनलका स्टार बार्साको मुख्य लक्ष्य मध्ये एक हुने’

Hector Bellerin Barcelona Joan Laporta nepmag.net

यदि जोआन लापोर्टा क्लबको अध्यक्ष बने भने ट्रान्सफर विन्डोमा बार्साको मुख्य लक्ष्य आर्सेनलका स्टार राइट ब्याक हेक्टर बेल्लेरिन हुने खबर छ। बार्सामा अर्को महिना अध्यक्ष पदको चुनाव हुने छन, जोसेप मारिया बार्टोमेउले राजीनामा दिए पछि नयाँ अध्यक्षको चुनाव हुन लागेको हो।

२००३ देखि २०१०मा सम्म यस पदमा रहेका लापोर्टा पनि सो दौडमा सामेल रहेका छन् र अहिले देखिनै उनले आफ्नो बार्सा योजना बनाउन सुरु गरेका छन्।

खबर अनुसार आर्सेनलका स्टार बार्साको मुख्य लक्ष्य मध्ये एक हुने छन्। द मिररका अनुसार लापोर्टाको योजनामा हेक्टर बेल्लरिन पहिलो स्थानमा छन् तर सो कदम बार्साले आउँदो गर्मीको विन्डोमा मात्र गर्ने कुरा छ।

रिपोर्टका अनुसार लापोर्टा उक्त राइट ब्याकको लागि आर्सेनलसँग छलफल गर्न तयार हुने छन् र बेल्लेरिनको लागि £२२ मिलियन र अन्य बोनसको सम्झौताको लागि तयार हुने छन्। खबर छ कि लापोर्टा उनलाई जनवरीमै साइन गर्न चाहन्थे तर बेल्लेरिन मिड-सिजनमा क्लब छोड्न चाहँदैनन्।