“आर्सेनलका ब्राजिलियन युवा स्टार रोनाल्डोको स्तरमा पुग्न सक्छन”

ब्राजिलका स्टार रोनाल्डिन्हो भन्छन् आर्सेनलका युवा स्टार गेब्रियल मार्टिनेली चाडै प्रख्यात नाम बन्न सक्ने छन्।

रोनाल्डिन्हो भन्छन् कि आर्सेनलका युवा स्टार, ब्राजिलका पूर्व सुपरस्टार रोनाल्डोको बाटोमा पछ्याउने क्रममा छन् र उनि संग त्यो स्तरमा पुग्न सबै प्रतिभा छ।

उनले भने: “हामी ब्राजिलियनहरू उनी र उनको भविष्यका ’bout धेरै उत्साहित छौं। प्रतिभा हुनु एक चीज हो – तर १८ वर्षको उमेरमा यस्तो आत्मविश्वास हुनु निकै उत्कृष्ट हो।

“उनले मलाई रोनाल्डोको युरोपमा पहिलो सीजनको सम्झना गराउँछ, जस्मा उनले ३० गोल गरे, धेरैले सोच्दै थिएः ‘यो १८ बर्षे ब्राजिलियन बच्चा को हो?’

“उनी बल चाहन्थे, उनि खेलाडीहरु तिर दगुर्थे, उनी डराउँदैनथे जुनसुकै खेलाडी वा टोली बिरुद्ध खेले पनि – र म मार्टिनेल्लीमा पनि यस्तै दृष्टिकोण देख्छु।

“उनी बल र गोल गर्न चाहन्थे । रोनाल्डो विश्वको सर्वश्रेष्ठ खेलाडी बन्न पुगे – र मार्टिनेली पनि यो स्तरमा पुग्न सक्छन। ”

रोनाल्डिन्होले भने: “मलाई पक्का विश्वास छ कि उनि ब्राजिलको राष्ट्रिय जर्सी लगाउने एकदम नजिक छन्- उनि तयार छन्।

रोनाल्डो १७ वर्षका थिए जब उनले ब्राजिलका लागि खेलिरहेका थिए – र हालसालै नेमार पनि महत्त्वपूर्ण भूमिका खेल्दै छन् उनि पनि युवा थिए।