आर्सेनलका फ्लोप साइन गर्न बार्सिलोना इच्छुक

बार्सिलोना आर्सेनलका सेन्टर-ब्याक मुस्ताफी साइन गर्न इच्छुक रहेको खबर छ। हाल बार्सा डिफेन्डर साइन गर्ने योजनामा रहेको छ र खबर अनुसार बार्सिलोनाको चासो आर्सेनलका फ्लोप शकोड्रन मुस्तफीमा रहेको छ।

खबर अनुसार बार्साको डिफेन्डर योजनाहरुमा मुस्तफीको पनि नाम रहेको छ। उनको र आर्सेनल बीचको सम्झौता यो सिजनको अन्त्यमा सकिने छ र आर्सेनलले उनि संग सम्झौता विस्तार नगर्ने देखिन्छ।

सो कुराको फाइदा लिदै बार्सिलोना जनवरीमा मुस्ताफी सस्तोमा साइन गर्ने प्रयास गर्ने देखिन्छ।

आर्सेनलमा केहि समय देखि उनको प्रदर्शन खराब हुन पुगेको छ र उनको गल्तीले आर्सेनलले गोल खाएको घटना पनि छ। हाल मुस्ताफी आर्सेनलको बेन्चमा धेरै हुने गर्छन।