आर्सनल व्हाइट भित्र्याउन नजिक

एजेन्सी, आर्सनलले ब्राइटनका डिफेन्डर बेन व्हाइट भित्र्याउन ब्राइटनसंग ५० मिलियन पाउन्ड रकमको सम्झौता भएको छ।

व्यक्तिगत सम्झौता यस अघिनै सहमतीमा पुगेका आर्सनल क्लबसंग भने सम्झौता जुट्न सकेको थिएन। उनको मेडिकल पछि पाँच बर्षको सम्झौता गर्नेछ।

व्हाइटको आगमनसंगै उनी आर्सनलका सर्वाधिक महँगा डिफेन्डर हुनेछ। गत महिना ४० मिलियनको प्रस्ताव अस्विकार गरे पछि आर्सनलले प्रस्ताव रकम बदाएका थिए।

उनलाइ भित्र्याउन लिभरपुल, चेल्सी, एभर्टन, टोटेन्हम र युनाईटेड लागेको थियो।

तिन बर्ष अघि इंग्ल्यान्डको चौथो श्रेणीको क्लब न्युपोर्ट कौन्टीबाट खेल्दै साउथह्याम्प्टन हुँदै ब्राइटन आएका थिए।

गत सिजन प्रशिक्षक ग्राहम पोटरको टोलिमा प्रभावशाली गर्दै इंग्ल्यान्ड राष्ट्रिय टोलिमा समेत परेका थिए।