आर्सनल र शेफिल्ड युनाइटेडको हार

इङलिस प्रेमिएर लिग अन्तर्गत आर्सेनल ब्राइटनबिरुद्द र शेफिल्ड युनाइटेड न्युकास्टल युनाइटेडबिरुद्ध हारेको छ ।

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा ब्राइटनका वेब्स्टरले ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

दोस्रो हाफ सुरु भएको ५ मिनेटमै आर्सनलका लाकाजेटले गोल गर्दै खेल बराबरीमा ल्यायो ।

८० औं मिनेटमा ब्राइटनका मौपेले गोल गरे पछि ब्राइटनले खेल २-१ ले जित्न सफल भएको हो ।

हार संगै आर्सनल १० औं स्थानमा रहेको छ भने ब्राइटन १३ औं स्थानमा उक्लेको छ ।

त्यसै गरि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको शेफिल्ड युनाइटेड भने न्यु कास्टल युनाइटेडसंग २-० ले हारेको छ ।

१५ औं मिनेटमा न्यु कास्टलका म्याक्सिमिनले गोल गर्दै अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा न्यु कास्टलले आफ्नो अग्रता दोब्बर बनायो । ७० औं मिनेटमा शेल्भेले गोल गर्दै न्यु कास्टललाइ २-० को जित दिलाएको हो ।

जितसंगै न्यु कास्टल युनाइटेड ११ औं स्थानमा रहेको छ भने शेफिल्ड युनाइटेड ९ औं स्थानमा रहेको छ ।