आर्सनल रियल म्याड्रिडका खेलाडी भित्र्याउन सहमत

एजेन्सी, आर्सनलले रियल म्याड्रिडका विङ्गर मार्टिन ओडेगार्ड भित्र्याउन स्पेनिस क्लबसंग सम्झौता गरेको छ । गत सिजन ओडेगार्ड आर्सनल लोनमा पुगेका थिए ।

उनले प्रेरणादायी प्रदशन गरे पछि लण्डन क्लब उनलाइ स्थाइ रुपमा अनुबन्ध गर्न चाहेका थिए ।

प्रशिक्षक मिकेल आर्टेटाले नर्वेजियनलाई अनुबन्धित गर्न चाहे पछि क्लबले ३० मिलियन पाउन्ड खर्चिने भएको छ ।

रियल म्याड्रिडको बुधबार प्रशिक्षणमा उनी सहभागी भएका थिएनन् ।

यस्तै, क्लबले आइतबार भित्र सबै प्रक्रिया पुरा गरेको अवस्थामा ओडेगार्डले चेल्सीसंगको खेल खेल्ने संभावना बलियो छ ।

आर्सनलले यश अघि लेष्टर सिटिका जेम्स म्याडेसन भित्र्याउन प्रयासरत थिए । तर, लेष्टरले महँगो मूल्य लगाए पछि आर्सनलको नजर ओडेगार्ड तर्फ गएको थियो ।