आर्सनल छोड्न आतुर औबामेयङ

आर्सेनल फरवार्ड पियरे-एमिरिक औबामेयङ एमिरेट्स छोड्न आतुर रहेको रिपोर्टले दावी गरेको छ।

आर्सनलको जारी सिजन खराब प्रदशन गरेसंगै अंक तालिकाको १० अौ स्थानमा रहेको छ। आर्तेताको आगमनले पनि उनी आर्सनल छोड्न चाहेको बताए।

यस सीजनको खराब नतीजाहरुले एमेरीलाई बर्खस्त गर्दै पूर्व आर्सेनल स्टार फ्रेड्डी लगजङबर्गलाई कार्यबाहक प्रशिक्षक नियुक्त गरेको थियो। यध्प्पी, उनले पनि खासै टोलीमा प्रभाव पार्न सकेनन।

औबामेयङले आर्सनलको लागि १३ गोल गर्दै टोलीको शिर्ष गोलकर्ता रहेको छ। आर्सनलबाट नयाँ सम्झौताको कुरा आए पनि उन्ले वार्ता गर्न अस्विकार गरेको मिररले जनाए।

पूर्व डोन्टमुन्ड फरवार्ड हाल बिविन्न क्लबसँग नाम जोड्न आएको छ र रियल म्याड्रिड पनि एक हुन। यसको फाईदा रियल म्याड्रिडलाई हुने देखिन्छ।

पूर्व गनर्स स्टार अर्टेटा म्यानचेस्टर सिटीमा पेप गुवाडीओलाको सहायकको रूपमा तीन वर्ष काम गरे पछि शुक्रवार आर्सनलको मुख्य प्रशिक्षक रूपमा घोषित हुने भएको छ। उनी क्लबमा सामेल भएपछि उन्को प्राथमिकता मध्ये एक आफ्नो टोलीलाई आर्सनलमा रहन आग्रह गर्नु पर्ने हुन्छ।

अर्टेटाले एमिरेटमा साढे तीन वर्षको सम्झौतामा हस्ताक्षर गर्नेछन् जस्मा उनले $५ मिलियन वार्षिक पारिश्रामिक पाउने छन।