आर्सनल आफ्नो १० खेलाडीहरू बेच्न तयार हुने

प्रिमियर लिग क्लब आर्सनल हाल आफ्नो १० खेलाडीहरू बेच्न तयार हुने खबर रहेको छ। सिजनको पहिलो २ म्याच हारेको आर्सनलको खेल केही खराब रहेको छ भने आर्सनलका फ्यानहरू टिमको प्रदर्शनबाट खुसी छैनन्।

क्लबका कोच मिकेल अर्टेटाको धेरै आलोचना हुँदै गरेको बेला अर्टेटा आफ्नो टिमका १० खेलाडीहरू बेच्न तयार हुने खबर छ। यो ट्रान्सफर विन्डो आर्सनलले १०० मिलियन भन्दा धेरै खर्च गरे पनि टिमको प्रदर्शनमा सुधार भएको छैन र आर्सनलले थप नयाँ खेलाडी साइन गर्न सक्ने जानकारी छ तर त्यो भन्दा पहिले आर्सनलले आफ्नो खेलाडी बेच्न पर्ने हुने छ र आर्सनल आफ्नो १० खेलाडीहरू बेच्न तयार हुने जानकारी छ।

आर्सनल लेनो, हेक्टर बेलरिन, साइड कोलासिनाच, मेटल्याण्ड- नाइल्स, लुकास तोरेरा, विलियन, रिस नेल्सन, एडी एनकेटिया, लाकाजेट र पिएर–एमरिक ओबामयाँगलाई बेच्न तयार हुने खबर छ।

यो ट्रान्सफर विन्डो आर्सनलले £१२९ मिलियन खर्च गर्दै नुनो तभारेस , अल्बर्ट लोकोंगो , बेन व्हाइट, मार्टिन ओडेगार्द र आरोन राम्स्देललाई साइन गरेको थियो भने हाल आफ्नो तलब खर्च घटाउन गनर्सले आफ्नो खेलाडीहरू अफ लोड गर्ने जानकारी छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ