आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा पीएसभीलाई १-० गोल अन्तरले हराउँदै आर्सनलले नकआउट चरणमा पुगेको हो ।
आर्सनलको जितमा ग्रानिट जाकाले निर्णायक गोल गरे ।
उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै आर्सनलले समूह ए मा ४ खेलमा १२ अंक जोडेको छ ।
आर्सनल शीर्ष स्थानमा रहेको छ ।
पीएसभी ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।