आर्सनलले भित्रायो युवा डिफेन्डर

एजेन्सी, युवा डिफेन्डर नुनो ताभारेस आर्सनल गएका छन। बेन्फिकाबाट उनी आर्सनल पुगेका हुन। आर्सनलले उनलाइ ८ मिलियन पाउन्डमा भित्राएका हुन।

२१ बर्षिय डिफेन्डर बेन्फिका एकेडेमी हुँदै बेन्फिका बि टिम हुँदै पहिलो टोलिमा पर्न सफल भएका थिए।

उनले २०१९ अगस्टमा स्पोर्टिङ लिस्बोनबिरुद्ध पोर्चुगिज सुपर कपमा डेब्यु गरेका थिए।

उनले पछिल्ला दुई सिजनमा बेन्फिकाका लागि २५ खेल खेलेका थिए।

उनी पोर्चुगलबाट केही दिन पछि इंग्ल्यान्ड आइपुग्ने छन। उनले २० नम्बरको जर्सी लगाउने छन।