आर्सनलले पुर्व रियलको डेफेन्डर भित्र्याउन प्रयास गर्ने

एजेन्सी, आर्सनलले इन्टर मिलानको राइट ब्याक एच्रफ हाकिमीलाई क्लबमा भित्र्याउन प्रयास गर्ने भएको छ।

आफ्नो नियमित राइट ब्याक हेक्टर बेलरिनले नया सम्झौता नगर्ने भएसंगै बिकल्पको खोजीमा छन।

स्पेनिश पत्रीका अनुसार आर्सनलले हामिमी अनुबन्ध गर्नको लागि इन्टरलाई ४० मिलियनको प्रस्ताव गर्ने जनाएका छन। इन्टरले हाकिमीलाई भित्र्याउदा रियललाई ४० मिलियन तिरेको थियो।

यद्यपि, इन्टरले ५० मिलियनको प्रस्ताव आएमा प्रक्रिया अघि बदाउने बताए।

हाकिमी बेच्नु अघि इन्टरले रियल म्याड्रिडसंग अनुमती लिनु पर्ने हुन्छ। इन्टरको सम्झौतामा रियलले पुर्ण किन्न पाउनु पर्ने बिकल्प सम्झौतामा उल्लेख छ।