आर्सनलले पनि डेनी एल्व्स साइन गर्न प्रयास गर्ने।

आर्सनलले पनि डेनी एल्व्सलाई साइन गर्न प्रयास गर्ने भएको खबर आएको छ। ब्राजिलका डिफेंडर, एल्व्सको अर्को सिजन पिएसजीसंगको सम्झौताको म्याद समाप्त हुने छ र उनि फ्री एजेन्ट हुनेछ र उनलाई साइन गर्न सिटिले चासो देखाउँदै गर्दा आर्सनलले पनि उनलाई साइन गर्ने प्रयास गर्ने खबर आएको छ।


एल्व्स आफ्नो पुरानो कोच पेप संग खेल्न अनुरक्त रहेको कुरा छ तर आर्सनल पनि उनलाई भित्राउन प्रयास गर्ने छ। आर्सनल संग खर्च गर्न मात्र £४५ मिलियन बजेट रहेको छ र फ्री एजेन्ट खेलाडी साइन गर्न आर्सनल पुरै प्रेस गर्न सक्ने छन्।