“आर्सनलले चेल्सीलाइ पराजित गर्ने छ”- भ्यान पर्सी

पूर्व आर्सनल स्टार भ्यान पर्सीले आर्सनलले यूरोपा लिगको फाइनलमा चेल्सीलाइ हराएर प्रतियोगिता जित्ने आफुलाई विश्वास रहेको बताएका छन्। गनर्स् यो समय यूरोपा लिग जित्नेमा आफ्नो पुरा ध्यान दिने छन् र बाकुमा उक्त प्रतियोगिताको फाइनलमा चेल्सी संग भिड्ने छन्। भ्यान पर्सीले आफ्नो पुर्व क्लबले येस्पली जित हात पर्ने पुरा विश्वास रहेको बताएका छन्।


“व्यक्तिगत रूप मा, मलाई लाग्छ आर्सनलले यो पाली जित्ने छ”- पर्सीले भने।
“आर्सनलको खेल राम्रो छ , तर चेल्सीको ईडन हजर्ड पनि निकै प्रतिभाशाली छ”